Message from the Chief Coordinator for the 30th ANA Convention 2012

Posted on: February 28th, 2012 by Admin

Dear Community Members,

Namaste!

I hope everyone is doing well and cherishing the spring weather. I am Pasang Lama, the Chief Coordinator for the 30th Association of Nepalis in Americas (ANA) Convention 2012. Some of you might know that the ANA convention 2012 is scheduled to be hosted in Dallas, Texas from June 29, 2012 through July 1, 2012. On behalf of ANA and Nepalese community of the twin cities of Dallas-Fort Worth, I cordially invite you to this mega gala event. Please plan to attend our three-day event in the Hilton Anatole Hotel, Dallas. For more information about the hotel, please visit www.hiltonanatolehotel.com. Your sheer presence will only strengthen the foundations of our community. Preparation for the event is already in full swing. Our team is working very diligently to ensure that your experience in the convention could be as warm, welcoming and smooth as we can possibly make. Learning from the past experience, our team is paying close attention to the areas we could improve upon. Yes, we are moving forward in a greater pace maintaining the roots under which our most prestigious organization, the ANA, was established.

The ANA strives to expose our Nepalese culture and tradition and to help us earn an identity in the community where we live today. To make this happen, it is important that we all come together, share our ideas, talents, and resources, and unleash our potentials through the platform that the ANA is providing to us. As the Chief coordinator of ANA Dallas Texas Convention, I appeal everyone to consider volunteering, sponsoring, or performing in this ANA Convention. This is one of the greatest opportunities to serve our Nepalese community.

With that said, it gives my entire team great pleasure to be provided with the opportunity to host this historic event. We shall be keenly looking forward to meet you here in Dallas. Join us in helping make this ANA Festival a new beacon of light and the a ray of hope on every endeavor for all Nepalis in North America.

“One Dream, One Community, One Event…. For All in One ANA”

Sincerely,
Pasang Lama
Chief Coordinator
30th ANA Convention 2012
Contact: 817-715-3400
pasanglama@anatexas.org
www.ANATexas.org
Like us on Facebook and follow us on Twitter for latest updates

आदरणीय दाजुभाई तथा दिदिबहिनिहरु र समस्त संचार कर्मीहरु,

नमस्कार !

बसन्त ऋतुको पुर्व आगमनको चहल पहल संगै यहाहरु रमाउदै हुनु हुन्छ होला भन्ने पूर्ण विश्वास गर्दछु । म पासांग लामा, ए एन ए डलास, टेक्सास सम्मेलन संयोजक, डलास टेक्सासको आतिथ्यमा ३० औ ए एन ए सम्मेलन हुने बारेमा यहाँहरुलाई अवगत नै भै सकेको होला भन्ने ठानेको छु । ए एन ए तथा टेक्सास नेपाली समुदाय ‘भिम काय राज्य ‘ टेक्सासको तर्फबाट ‘३० औ सम्मेलनमा सहभागी भै दिनु हुनको लागि म सम्पूर्ण दाजु भाई तथा दिदि बहिनिहरुलाई सादर हार्दिक आमन्त्रण गर्दछु। जुन २९- जुलाई १ तारिख ,२०१२ सम्म हुने भब्य समारोहमा पाल्नु भै उत्सबको शोभा बढाई दिनु हुन् बिशेष आग्रह गर्दछु lयहाको पूर्ण उपस्थितिले मात्र समुदायको आधारशिला मजबूत हुनेछ। हामीहरु आफ्नो अभियानमा जुटी सकेका छौ lप्रारम्भिक आयोजक समिति लगन र मेहनत साथ यो अवसरलाई तार्किक बिन्दुमा पुर्याउन अहोरात्र कार्य गरि रहेको अवगत गराउन पाउदा म गौरन्वित ठान्दछु ।

बिगतका कमि कमजोरीहरु पुन: नदोहोरियोस भन्ने उदेश्य अनुरुप पूर्ण सतर्कताको साथ सुक्ष्म तथा सम्बेदनशील रुपमा काममा तल्लिन रहेको जानकारी दिदै र कुनै कसर नराख्ने प्रतिबद्दता जाहेर गर्दछौ। गौरबशालि ईतिहास बोकेको ए एन एन संस्थाको गरिमालाई उच्च ख्याल राख्दै र यसले बिगतमा गरेको गतिबिधि अनुरुप हामी अग्रगामी दिशामा बढी रहेका छौ lए एन ए नेपाली संस्कृति र परम्परालाई सम्बर्धन तथा प्रबर्धन गर्ने कुरामा कतिबद्द छ र बिश्व सामू नेपाली मूलका सम्पूर्ण नेपालीहरुलाई पहिचान गराएको छ।

हामी यसको एउटा हिस्सा बनेका छौ । हामी सयुक्त राज्य अमेरिकामा बसोबास गरे पनि हामी हाम्रो जिम्मेदारीलाई पुरा गर्न हामी हाम्रो जन्मदाताहरुप्रति कृतज्ञता ज्ञापन गर्दछौ र अझ उनिहरु प्रति नतमस्तक छौ। तसर्थ, हाम्रो आन्तरिक बिषयलाई समाधान गर्न हामी सबैले हाम्रो सोचाईका सिमाका धारणाहरुलाइ क्षितिज पारी सम्म बृहत बनाउनु पर्ने अपरिहार्यता छ र अनि मात्र हाम्रो लक्ष्य परिपूर्ति हुने छ।

यो समय हामीसंग भएका अविश्वसनीय सम्भावनाहरुलाई गोलबद्द बनाउनु पर्ने ,बिचार आदान प्रदान गर्नु पर्ने, प्रतिभा र श्रोतहरुलाई साझा रुपमा प्रस्तुत गर्दै एक उदाहरण बनि समुदायलाई दिनु पर्ने छ। ए एन ए डलास सम्मेलनको मुख्य संयोजक भएको हैसियतले यहाहरु सबैलाई स्वयम् सेवक, प्रायोजक तथा अन्य क्षेत्रमा सहयोग गर्न सबैलाई आब्हान गर्दछु। यो नै एउटा समुदायमा काम गर्ने सुवर्ण अवसर हो।

ऐतिहासिक समारोह आतिथ्य गर्न पाउदा हामी ज्यादै हर्सित हुनु स्वाभाविक हुन्छ। हामी सबै टेक्सास नेपाली समुदाय यहाँहरुलाई हार्दिक स्वागत गर्न उत्सुक र प्रतीक्षारत छौ र व्यक्तिगत रुपमा पनि म यहाँहरुसंग डलास सम्मेलनमा भेटघाट गर्ने प्रतिबद्दता जाहेर गर्दछु। ए एन ए को यो उत्सबलाई नया आकाशदीप झैँ बनाऔ र उत्तर अमेरिकामा बसोबास गर्ने हरेक नेपालीहरुको लागि आशाको किरण बनोस।

सम्मेलन बारेमा बिस्तृत जानकारी दिने उदेश्य अनुरुप हाल यसले आफ्नो संजाल तैयार गरेको छ। www.anatexas.org र उक्त संजाललाई चुस्त र दुरुस्त राख्ने हामी विश्वास दिलाउन चाहन्छौ। यहाहरुको सल्लाह र सुझाबको पूर्ण अपेक्षा गर्दै बिदा ।

‘एउटा सपना ,एउटा समुदाय र एउटा समारोह’
सबैको लागि संयुक्त नया शुरुवात …………..

धन्यबाद !

पासांग लामा
३० औ ए एन ए डलास, टेक्सास सम्मेलन – प्रमुख संयोजक
सम्पर्क: ८१७ -७१५-३४००
info@anatexas.org
www.anatexas.org
hiltonanatolehotel.com

Posted in: Announcement
Tags: , , ,


Leave a Reply